• २०८१ बैशाख १५ शनिबार

राष्ट्रसंघ मुख्यालयमा विश्वका कूटनीतिज्ञले हेरे नेपाली हिमश्रृंखलाका तस्बिर  

kharibot

फाइल तस्बिर ।

उत्तर अमेरिका । संयुक्त राज्य अमेरिकामा रहेको राष्ट्रसंघका लागि नेपाली स्थायी कूटनीतिक नियोग र नेपालको कन्सुलेट जनरलले फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

‘विश्वकै उच्च विन्दु र यसको वरिपरि’ शीर्षकमा आयोजित फोटो प्रदर्शनी राष्ट्रसंघको मुख्यालय रहेको न्युयोर्कमा गरिएको हो । 

कार्यक्रममा सगरमाथाको शिखरमा पहिलो पाइला राख्ने तेन्जिंग नोर्गे शेर्पा र एडमण्ड हिलारीको तस्बिर राखिएको थियो । उनीहरुले पहिलोपटक सन् १९५३ को २९ मेमा पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । प्रदर्शनीमा ३० तस्बिर राखिएको आयोजकले बताएको छ । 

खासगरी नेपालमा रहेको सगरमाथा र यस वरिपरिको दृ्रश्यहरु विश्वमाझ प्रदर्शन गरिएको हो । कार्यक्रममा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र न्युयोर्कस्थित कन्सुल जनरल मधु मरासिनीको उपस्थिति थियो । 

कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरु र नेपाली समुदायले तस्बिर अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनलगायतले सहयोग गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय