• २०८१ बैशाख १७ सोमबार

मुक्तिनाथ विकास बैंक र क्लियरिङ हाउसबीच सम्झौता

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत एनसिएचएल—ईसीसी ( ईलेक्ट्रोनिक चेक क्लियरिङ) र एनसिएचएल आईपिएस (इन्टर बैंक पेमेन्ट सिस्टम) का सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिनेमा  नयाँ  प्रणाली मार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोवार गर्न सक्नेछन् ।

यसका लागि www.connectips.com मार्फत आफ्नो युजर आइडी बनाउने र बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ । यस सेवा मार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै