• २०८१ बैशाख १४ शुक्रबार

सार्वजनिक यातायात छाडा भएको भन्दै ज्येष्ठ नागरिकले घेरे यातायात विभाग  

kharibot

काठमाडौं । सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने माग गर्दै अग्रज नेपाल समाजका ज्येष्ठ नागरिकहरु यातायात व्यवस्था विभाग पुगेका छन् । 

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई सम्मान नभएको र आरक्षण सिट प्रयोग गर्ने अवस्था नभएको भन्दै उनीहरु आफ्ना मागसहित विभागको कार्यालयमा पुगेका हुन् । 

यातायात व्यवस्थित बनाउनुपर्ने र केही दिनअघि भक्तपुरको नलीन चोकमा भएको दुर्घटनामा आधारित भएर ज्येष्ठ नागरिकले ध्यानाकर्षण गराएका हुन् । 

यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले ज्येष्ठ नागरिकहरुको माग जायज भएको र आफुहरु सकेसम्म यातायात क्षेत्रलाई व्यवस्थित गर्न लागिपरेको बताए । उनले भने, ‘यातायात क्षेत्रमा धेरै समस्या छन्, सम्पूर्ण समस्या समाधान गर्न लागिपरेका छौँ, ढिलोचाँडो समस्या समाधान हुन्छ ।’

त्यस्तै, अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले वैज्ञानिक मापदण्डअनुसार यातायात व्यवस्थित गर्नुपर्ने र चालक तथा सहचालकलाई जिम्मेवारी बोध हुने खालको नीतिनियम हुनुपर्ने बताए ।

त्यस्तै, सहअध्यक्ष नयन्द्र खड्काले कानुननियम र सरकारले दिएकारले दिएको ज्येष्ठ नागरिक छुटको काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र नभएर देशभरी नै लागू हुनुपर्ने बताउँदै सरकारले दिएको वृद्धाको छुट यातायात व्यवसायीले नदिएको बताए । त्यस्तै, सचिव सेविका रिजालले लाइसेन्स दिँदा विशेष ख्याल गर्नुपर्ने बताइन् । 

त्यस्तै, प्रवक्ता गोविन्द निरौलाले यातायात क्षेत्रमा जस्तै अरु सबै क्षेत्रमा भएको सिन्डिकेट हटाउनुपर्ने बताए । गाडी भित्र नै सबैले बुझ्ने गरी गाडीको नाम तथा नम्बर भए यात्रुलाई सहजहुने अग्रज समाज नेपालका सदस्य डम्बर घिमिरेले  बताए । कार्यक्रममा सम्पूर्ण ज्येष्ठ नागरिकहरुले यातायातमा भएको विकृति विसंगति रोक्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै