काठमाडौँ । च्याम्पियन्स लिगको फाइनलमा ग्यारेथ बेलले बाइस्कल किक मार्फत हानेको गोलको अहिले विश्वभर चर्चा रहेको छ ।
फाइनल खेलमा २ गोल गरेका बेलले पहिलो गोल बाइस्कल किक हान्दै गरेका थिए ।
लिभरपुलविरुद्धको फाइनलमा रियल म्याड्रिडको पहिलो रोजाईको खेलाडीको सुचिमा नपरेका ग्यारेथ बेलले खेलको ६१औ मिनेटमा मैदानमा प्रवेश गर्दै मैदानमा गएको तेस्रो मिनेटमै बाइस्कल किकबाट गोल गर्दै रियल म्याड्रिडलाई २-१ को अग्रता दिलाएका थिए ।
बेलले दोस्रो गोल खेलको ८३औ मिनेटमा गरेका थिए । डी बक्स बाहिरबाट हानेको बल लिभरपुलका किपर लुरिस करिउसको हातबाट गोल पोस्टमा छिरेको थियो । किपर लुरिसको गल्तिका कारण यस खेलमा लिभरपुलले दुई गोल खाएको थियो ।
राम्रो फर्ममा रहेका बेलले उत्कृष्ट प्रदर्शन गरिरहदा पनि म्यानेजर जिनेदिन जिदानले बेललाई फाइनल खेलमा सुपर सबको रुपमा खेलको ६१औ मिनेटमा मैदानमा पठाएका थिए ।
लामो समय इन्जुरीबाट मैदान बाहिर रहेका बेलले रियल म्याड्रिडका लागि यस सिजनमा यस खेलको २ गोल सहित ३९ खेलमा २१ गोल गरेका छन् ।