• २०८१ बैशाख १५ शनिबार

आइपिएल दोस्रो क्वालिफायर : घरेलुमैदानमा कोलकोतालाई हैदरावादको चुनौती

kharibot

काठमाडौँ । आइपिएलको दोस्रो क्वालिफायरमा आज कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल विजयी टिमले आईपीएलको ११औं संस्करणको उपाधिका लागि चेन्नइसँग खेल्ने छ । 

दोस्रो क्वालिफायर खेल कोलकाताको चर्चित इडेन गार्डेन मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

दुवै टिममा यसै सिजन कप्तानीको भूमिकामा रहेका विलियम्सन र दिनेश कार्तिकले सबैको अनुमान भन्दा उत्कृष्ट कप्तानी गरेर टिमलाई यँहा सम्म ल्याएका छन् । उनीहरुले कप्तानीका साथै आफुले मैदानमा प्रदर्शन गरेर टिमलाई सकारात्मक नेतृत्व दिएका छन् । 

हैदराबादले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नौ जितबाट १८ अंक बनाउँदै शीर्ष स्थानमा रहेर प्लेअफमा छनौट भएको थियो । तर पहिलो क्वालिफायरमा चेन्नईसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । कोलकाताले भने इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायरका लागि छनौट भएको हो ।

यसअघि दुई पटक उपाधि जितिसकेको कोलकाताका लागि कप्तान दिनेश कार्तिकसहित, सुनिल नारायण, क्रिश लिन, रोविन उथप्पा, पियुष चावला, आन्द्रे रशेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ कोलकाताका ५ जना ब्याट्स्म्यानले यो सिजनको आईपीएलमा ३ सय रन पूरा गरिसकेका छन् । दिनेश कार्तिकले ४९० रन बनाएका छन् भने क्रिश लिनले ४४३, रोविन उथप्पाले ३४९, सुनिल नारायणले ३३१ र आन्द्रे रसेलले ३१३ रन बनाएका छन् । 

त्यस्तै कोलकोताका लागि सुनिल नारायणले १६, कुलदिप यादवले १५ आन्द्रे रसेलले १३ र प्रसिद कृष्णले १० विकेट लिएका छन् ।  

हैदराबादलाई यँहा सम्म ल्याउन कप्तान केन विलियम्सनको ब्याटिङको ठुलो भूमिका रहेको छ । विलियम्सनले यस सिजन कै सर्वाधिल ६८५ रन बनाएका छन् ।  त्यस्तै शिखर धवनले ४३७ र मनिष पाण्डेले २८४ रन बनाएका छन् । 

हैदरावादको ब्याटिंग मिडलअडरमा समस्या देखिएको छ । कप्तान विलियम्सन र शिखर धवनले रन नबनाएको खेलमा हैदरावादले पराजय भोगेको छ ।  त्यसैले फाइनलको यात्रा तय गर्न यी दुई ब्याट्सम्यानले रन बनाउन आवश्यक देखिन्छ ।  

त्यस्तै हैदरावादका लागि सिद्धार्थ कौलले १९, रशिद खानले १८, सकिबअल हसनले १३, सन्दीप शर्माले ११ विकेट लिएका छन् । 

त्यस्तै अहिलेसम्म कोलकाता र हैदराबाद आईपीएलमा १४ पटक भेट भएको छ । जसमा कोलकाता ९ पटक विजयी भएको छ भने हैदराबादले पाँच खेलमात्र जित हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा खेल भएकोले कोलकोतालाई अलिकति फाइदा हुने देखिन्छ । इडेन गार्डेनमा भएको ६ खेलमध्ये कोलकाताले पाँच खेल जितेको छ भने हैदराबादले एक खेलमामात्र जीत हासिल गरेको छ । 

यस सिजनमा भएको पहिलो खेलमा हैदराबादले कोलकातालाई ५ विकेटले हराएको थियो । इडेन गार्डेनमा भएको दोस्रो खेलमा कोलकाताले हैदराबादलाई ५ विकेटले नै हराएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय