दैलेखमा सडकको लागि करोडौ खर्च हुन्छ, काम हुँदैन

खरीबोट

फाइल तस्विर । 

दैलेख / नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ । सडक स्तरीय भने हुँदैन । 

“वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” स्थानीयवासी हेमा खड्काले गुनासो गरिन । नगरपालिकाभित्र प्रवेश गर्ने मुख्य द्वार मानिएको भगवती टोलको सडक कालोपत्र गर्ने काम वर्सेनि हुन्छ । प्रत्येक वर्ष सडकमा लाखौँ रकम खर्च गरिन्छ । सडक पक्की भएको केही महिना नबित्दै पुरानै अवस्थामा पुग्छ । 

एउटै सडकमा वर्सेनि लाखौँ खर्च गर्नुभन्दा दिगोरुपमा सडक सञ्चालनको पहल थाल्नुपर्ने सुझाव बारम्बार नगरपालिकालाई दिँदा पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम विसुन्के बताउछन् । 

नारायण नगरपालिकाका अनुसार गत आवमा भगवती टोल हुँदै लोकतान्त्रिक चोकसम्मका लागि सडकबोर्डमार्फत  २९ लाख ५० हजार रकम खर्च गरिएको थियो । सडक बोर्डकै रु १५ लाख रकम सडक सुधारका लागि विनियोजन गरिएको थियो । असारमा काम सक्नै पर्छ भन्दै रातारात लालटिन बालेर काम गर्ने गरिन्छ । 

गत आवमा नारायण नगरपालिकाभित्रका सडक कालोपत्रका लागि  २२ लाख र काडाचौर सडकका लागि  ९२ लाख रकम खर्च गरिएको छ । चालू आवमा नारायण नगरपालिकाले नगरपालिकाभित्र सडक विस्तारका लागि गणेशचोकदेखि काडाचौरसम्म  एक करोड ४५ लाख ९५ हजारको टेण्डर गरेको छ । 

यस्तै, मालपोत कार्यालयदेखि भगवती मन्दिर एकान्तकुना सडकका लागि ५६ लाख ६३ हजारको ठेक्का स्वीकृत भएको छ । तीनवटै काम असारसम्म सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिलेसम्म काम शुरु भएको छैन । 

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का भन्नुहुन्छ, “दुई महिना समय कामका लागि धेरै हो, ठेकेदारले सम्झौता गरिसकेका छन् । अब काम धमाधम हुन्छ ।” 

दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमाल सडकमा गरिएको लगानी खेर गएको बताउछन्  । “दैलेख बजारमा सडक कालोपत्र गरिएपनि गुणस्तर राम्रो छैन,” उनले भने ।  एक करोड ४५ लाखको काम रु ८५ लाखमा सदर भएकाले गुणस्तरीय सडकका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्नेमा हमाल जोड दिन्छन । 
 

सम्बन्धित समाचार

दैलेखमा दुई सय ३२ बालविवाह रोक

दैलेख / आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् ।  स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी सङ्संस्थाको

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

 दैलेख / एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् ।  दैलेख जिल्लाको आठबिस नगरपालिका–५

गएराती दैलेख र गोरखामा परकम्प

काठमाडौं ।  गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको परकम्प गएको हो ।  यसअघि २०७२

दैलेखमा सडकको लागि करोडौ खर्च हुन्छ, काम हुँदैन

दैलेख / नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ