• २०८१ बैशाख १५ शनिबार

अप्रेसन गराएर आँखाको सेतो भागमा प्लाटिनम राखियो !

kharibot

तस्बिर : Caters News Agency/Mirror UK

युरोप । एक डाक्टरले मुटुआकारको प्लाटिनम (सेतो बहुमूल्य धातु) गहना महिलाको आँखाको सेतो भागमा विना कष्ट राखिदिएका छन् ।

महिलाको आँखामा ३ ४ एमएमको प्लाटिनम न्युयोर्कको पार्क एभिन्यु लासेक सर्जरीमा राखिएको हो । 

उक्त कामका लागि मात्रै पाँच मिनेट लागेको थियो । १ एमएम बाक्लो उक्त धातु राखेको महिलाले थाहै पाइनन् ।

यसक्रममा डाक्टर एमिल चिनले बडो होसियारीपूर्वक उक्त शल्यक्रिया गरेका थिए ताकि आँखाको प्राकृतिक बनोटमा परिवर्तन नआओस् । खास गरी मुटु र स्टार (तारा) आकारका यस्ता धातुले एलर्जीजन्य समस्या नहुने डाक्टरको दाबी छ । 

यस किसिमको धातु राख्ने शल्यचिकित्सक अमेरिकामै मात्रै तीन जना रहेको डा. चिनको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै