• २०८१ बैशाख १५ शनिबार

जनता बैंकका पाँच शाखा विस्तार 

kharibot

काठमाडौं । जनता बैंकले एकै साथ पाँच वटा शाखा विस्तार गरेको छ ।

बैंकले गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्डगा.पा. २, रसुवा, दोरम्बा शाखा, दोरम्बागा.पा. ३, रामेछाप तातोपानी शाखा, तातोपानीगा.पा. ३, जुम्ला र कालिकास्थान शाखा, कालिकागा.पा. २, रसुवामा शाखा बिस्तार गरेो हो । 

यसमध्ये कालिका स्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरुमार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । 

यससँगै जनता बैंकको शाखा सञ्जाल एक सय १५ पुगेको छभने बैंकले ४० शाखा रहित बैंकिङ्ग, एउटा सिमित बैंकिङ्ग ईकाइ, दुुई वटा एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै