• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा आज पनि निराशाजनक : दुई समूहले मात्रै कमाए, २९ करोडको कारोबार 

kharibot

कठमाडौं । नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ ।

नेप्से आज चार दशमलव ५५ अंकले घटेर १३ सय २८ दशमलव २७ विन्दुमा झर्दा सेन्सिटिभ एक दशमलव नौं अंकले घटेर दुई सय ८० दशमलव दुई विन्दुमा झरेको छ ।

आज कुल एक सय ६१ कम्पनीहरुको तीन हजार छ सय ३० वटा कारोबारमा चार लाख ७० हजार छ सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २९ करोड ६३ लाख सात हजार नौ सय ३७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समूहको कारोबार भएकोमा दुई वटा समूहको सूचकमा सुधार आएपनि बाँकी सात वटा समूहको सूचक उच्च अंकले घटेकाछन । सोही कारण कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा न्युनत देखिएको हो ।

आज बढ्ने समूहमा परेको लघुबित्त समूहको सूचक पाँच दशमलव ५७ अंकले बढेर १७ सय ८८ दशमलव ५८ विन्दुमा चढेकोमा नौ करोड ९८ लाख ८८ हजार सात सय रुपैयाँको खरिद बिक्री भएकोे छ । यसैगरी अन्य समूहको सूचकमा पनि दुई दशमलव ३२ अंकले देखिएकोे छ । वाणिज्य बैंक समूहको सूचक भने आज छ दशमलव १२ अंकले घटेर ११ सय ३१ दशमलव ८३ विन्दुमा झरेकोमा ११ करोड ५७ लाख नौ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज जलविद्युत् समूहको सूचक पनि दुई दशमलव ९१ अंकले घटेर १६ सय ४२ दसमालव ४५ विन्दुमा झरेकोमा एक करोड ४९ लाख ६७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्रैी भएको छ । बीमा समूहको सूचक पनि २६ दशमलव ५७ अंकले घटेर छ हजार आठ सय ५० दशमलव २४ विन्दुमा झरेकोमा तीन करोड ६८ लाख ६४ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, बिकास बैंक, फाईनान्स र उत्पादमुलक समूहको सूचकमा पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको मिथिला लघुबित्त बिकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर ११ सय ७० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने पोखरा फाईनान्सको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८० पैसाले घटेर एक सय ३८ रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको कालिका माइक्रोक्रेडिट डेभललपमेन्ट बैंकको प्रतिकित्ता १६ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा एक करोड ८९ लाख ८७ हजार आठ सय २२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेशनलको पनि आज दुई सय ६३ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ५१ लाख ८० हजार आठ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै