• २०८१ बैशाख २६ बुधबार

त्रिभुवन विश्वविद्यालयलाई सुझावसहित प्रश्न : विश्वविद्यालय परिसरका बोटविरुवाहरुको व्यवस्थापन कहिले गर्ने ?

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्षेत्रभित्र कुनै समयमा विभित्र प्रजातिका रुख रोपिएको सराहनिय कार्य छ, जसले गर्दा यस क्षेत्रको शोभायमान मात्र हैन वातावरणीय हिसावले पनि मुल्यवान मानिन्छ । 

जैविक विविधताको संरक्षण, हरियालि वातावरण, भू-संरक्षण, शितलता, वायुप्रदुषण न्यूनिकरणका हिसावले यसको अत्यन्तै महत्व रहेको पाइन्छ । यस सराहनिय कामको निरन्तरतालाई कायम राख्न यसको रोपण गरेरमात्र पुग्दैन यसको सहि व्यवस्थापनको जरुरी पर्दछ । कुनैपनि जैविक बस्तुलाई त्यसको समय अनुसारको स्याहार सुसार चाँहिन्छ साथै त्यसको पनि समय सीमा हुन्छ । समयमा उचित संरक्षण र सम्बर्धन गरे छिट्टै प्रतिफल पनि निकाल्न सकिन्छ । वन पैदावारलाई कृषिउपज जस्तै उत्पादनमुखी वनाउँदा यसबाट धेरै फाईदा लिनपनि सकिन्छ ।

लेखक : मथुरा खनाल 

 

समयमा यसको उपजलाई व्यवस्थापन गर्न नसकेमा यसको उत्पादकत्व ह्रासहुदै जानेमात्र होइन विभित्र किसिमका समस्याहरु थपिदै जान सक्दछन् । नयाँ नँया रोग, किराहरुको अक्रमणका साथै आगलागिको संभावना र हुरी वतासको समयमा रुख ढल्ने, हाँगा भाँचिने जसले गर्दा यात्रुहरुको ज्यान समेत जोखिममा पर्ने हुन सक्दछ ।

विरुवा रोपणको काम बाहेक कुनै वन सम्बर्धनका कामहरु भएको आभाष यसभित्र देखिदैन । विश्वविद्यालय जस्तो अनुसन्धानात्मक कामहरु हुनेक्षेत्रभित्र यसको राम्रो व्यवस्थापन गरी नमूनाको रुपमा देखाइएको हुनुपर्नेमा यसको वेवास्ताका कारण ढलापडा, सुकेका, रोग लागेका, उमेर ज्यादा भएका बोटविरुवाहरु, हांगा भांचिएका, गाईवस्तुले खाएर बढन नसकेका र मिचाहा प्रकृतिका वनस्पितिहरुको कारण यसले दिनुपर्ने सुन्दरता नै हराएको देखिन्छ ।

परिपक्क, ढलापडा, सुकेका, रोग लागेका, उमेर ज्यादा भएका बोटविरुवाहरु, हांगा भांचिएका, गाईवस्तुले खाएर बढन नसकेका र मिचाहा प्रकृतिका वनस्पितिहरुको कटान गरी सोहि स्थानमा अर्को नँया बहुआयामिक र छिट्टै बढने प्रजातिका बोटविरुवाहरु लगाइएमा यसको सुन्दरतामा कुनै कमी आउदैन भने हार्भेस्ट गरीएका वन पैदावारबाट त्रिभुवन विश्वविद्यालयलाई राम्रो आम्दानी पनि हुने देखिन्छ ।

हाल यँहां कपुर (Cinnamomumcamphora), मसला (Eucalyptus spp), काँगियो (Grevillea robusta) , कल्किफूल (Calistemonviminalis) र बीरेन्द्रफूल जस्ता प्रजातिका बोटविरुवाहरु लगाइएका छन जसले परिपक्क अवस्था पार गरीसकेका हुँदा हागा सुक्न थालिसकेको अवस्था छ । 

यँहा छिट्टै बढने यिनै  प्रजातिका अलवा पिपल (Ficus spp.), गोगन (Saurarianepalensis), उत्तिस (Alnusnepalensis), पैयु (Prunusspp), चाप (Micheliachampaca) र बाँसका (Bamboo spp.) प्रजातिको पनि रोपण गर्न  बर्षातको समय नजिकिदै भएको हुँदा यस कार्यलाई अगाडि बढाउन ढिलाइ नर्गनु हुन सम्वन्धित निकायलाई  यो सुझाव दिइएको छ । काम गरे सकिन्छ साँचे परिणाम राम्रो नहुन पनि सक्दछ । वनको वैज्ञानिक व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै