• २०८१ बैशाख १८ मंगलबार

नक्सलवादीको विष्फोटनमा परि छ जना भारतीय प्रहरीको मृत्यु

kharibot

 भारत । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ । 

नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट पाँच प्रहरीको निधन भएको, दुई घाइते भएको नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले बताए । 

घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी वल खटाइएको उनले बताए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ । 

प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटन गराएको हुनसक्ने खुल्न आएको छ । तर अनुसन्धान जारी रहेकोले यसबारे बिस्तृत विवरण थप अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै