• २०८१ बैशाख १६ आइतबार

बबी देओलको बलिवुडमा ‘सुपर कमब्याक’, रेस ३ पछि सलमानले अर्को फिल्ममा गरे साइन   

kharibot

मुम्बई । बलिवुडमा अभिनेता बबी देओल एक पटक फेरी चम्किने प्रयासमा रहेका छन् ।

सन १९९५ मा बर्षात जस्तो सफल फिल्मबाट बलिवुडमा डेभ्यु गरेका अभिनेता धर्मेन्द्रका छोरा बबीको पछिल्लो समय फिल्म असफल हुदा क्यारियरमा नै प्रश्न उठ्न थालेको थियो ।

सन् २०१३ मा यमला पगला दिवाना २ पछि २०१७ मा  ‘पोस्टर ब्वायज’ मा आए पनि फिल्म असफल भएपछि बलिवुडका भाइजान सलमान खानले बबीको क्यारियरलाई फेरी लाइम लाइटमा ल्याउने प्रयास गरेका छन् । सलमानले आफ्नो फिल्म रेस ३ मा बबीलाई लिएर फिल्ममा महत्वपूर्ण भूमिका थिएका छन् । हालै रिलिज भएको ट्रेलरबाट पनि फिल्ममा बबीको भूमिकालाई लिएर निकै चर्चा भएको छ । यति मात्र होइन फिल्ममा बबी र सलमानको सिक्स प्याकको पनि चर्चा भएको छ ।

रेस ३ को रिलिज पछि सलमानले बबीलाई अर्को फिल्ममा फियन गरेको रिपोर्ट सार्वजनिक भएको छ । सो फिल्ममा बबी लिड रोलमा हुने र फिल्मलाई सलमान खानले निर्माण गर्ने बताइएको छ । फिल्मको निर्देशन प्रभुदेवाले गर्ने कन्फर्म भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । प्रभुदेवाले हाल सलमानको फिल्म दबंग ३ निर्देशन गरिरहेका छन् । दबंग ३ पछि प्रभुदेवाले बबी देओललाई लिएर फिल्म बनाउने निश्चित भएको बताइएको छ ।  

बबीको रेस ३ का अलावा यमला पगला दिवाना फिर से, हाउसफुल ३ आउदै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै