काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । उनले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताए ।
पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा प्रचण्डसहितका नेता उपस्थित थिए । पार्टी दर्ता गर्न पुगेका केपी शर्मा ओलीले ओली कानुनको मर्यादा अनुसार नै आयोगमा दल दर्ता गर्न आएको बताए । प्रधानमन्त्री ओलीले दुई पार्टीको फरक अस्तित्व खारेज गरेर नयाँ बनाएको र एकता कानुनी हिसाबले दर्ता हुन जरुरी भएकैले दर्ता गरेको बताए ।