• २०८१ बैशाख १५ शनिबार

इलाममा चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता पक्राउ

kharibot

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् ।

मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक कार्यक्रमबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

केही दिनयता विभिन्न ठाउँमा भएका विष्फोटको जिम्मा चन्द नेतृत्वको पार्टीले लिएसँगै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको उनले बताए ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले सार्वजनिक शान्ति सुरक्षाविरूद्धको कसुरमा मुद्दा दायर गर्ने उपरीक्षक श्रेष्ठले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै