• २०८१ बैशाख १४ शुक्रबार

सिद्धार्थ बैंक मास्टरकार्डको मुख्य सदस्य 

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ ।

बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यतसम्बन्धी सम्झौता आदानप्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । 

यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको विश्वास रहेको छ । 

बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदै छ । यसपश्चात् ग्राहकहरुले  बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टर्मिनलमा र मास्टरकार्ड, माएष्ट्रो र सरुस ब्राण्डको कार्डहरु बैंकको एटीएमहरुमा प्रयोग गर्न सकिने जनाइएको छ । 

बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ ब्त्ः र ८०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप रु. ९० अर्ब ६४ करोड र कर्जा लगानी रु.८२ अर्ब ४ करोड गरेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै