• २०८१ बैशाख १५ शनिबार

सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

kharibot

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । 

बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् ।

उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत बैंकले आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै