मलेसियाका पूर्वउपप्रधानमन्त्री जेलमुक्त

खरीबोट

क्वालालम्पुर । मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् । 

गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै र्याली निकालेका थिए । 

कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गएका थिए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए । 

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए । उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरीएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो । 

उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताए । 

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए । उनहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो । 

निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका थिए । 

बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताए । 

यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किएका हुन् । 

सम्बन्धित समाचार

मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

पुत्रजया, मलेसिया। मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई

नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

क्वालालमपुर। मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ ।  ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले

एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौँ इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।  खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकलाई कालो धन थुपारेको नयाँ आरोप

क्वालालम्पुर। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।  मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका