• २०८१ बैशाख १५ शनिबार

म्यानचेस्टर सिटीले बनायो नयाँ रेकर्ड, प्रिमियर लिगमा सय अंक बनाउने पहिलो क्लब 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै म्यानचेस्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ ।

शनिबार रातिको खेलमा साउथहम्पटनलाई १–० ले हराएपछि यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले एकै सिजनमा १०६ गोल र १०० अंकको कीर्तिमान कायम गरेको हो ।

म्यानचेस्टर सिटीलाई जिताउन खेलको इन्जुरी समयमा ग्राबिएल जिससले गोल गर्दै सिटीलाई सय अंकमा पुर्याएका थिए । 

प्रिमियर लिगमा सय अंक हासिल गरेर जितेको यो पहिलो पटक हो । साथै सिटीले अन्य टिमका विरुद्ध यस सिजनमा १०६ गोल गरेर नयाँ रेकर्ड पनि बनाएको छ । कुनै पनि टिमले प्रिमियर लिगको एक सिजनमा गरेको यो अहिलेसम्मको धेरै गोल हो ।

सिटीले यस सिजनमा ३८ खेलमा ३२ खेल जितेको छ भने १६ खेल विरोधी टिमको मैदानमा जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको टिमसँग १९ अंकको फरकले उपाधि जितेको छ ।
प्रिमियर लिगमा सिटीले सय अंक हासिल गरेर नयाँ रेकर्ड त बनायो तर सबै भन्दा कम अंक बनाउने रेकर्ड भने डर्बी काउन्टीको नाममा रहेको छ । डर्बीले २००७-८ सिजनमा केबल ११ अंक मात्र हासिल गरेको थियो ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले सन २०११-१२ को सिजनमा ८९ अंक हासिल गरेर पनि लिग जित्न सकेको थिएन । त्यस्तै सन १९९६-९७ सिजनमा म्यानचेस्टर युनाइटेडले केबल ७५ अंक हासिल गरेर लिग जितेको थियो ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै