• २०८१ बैशाख २६ बुधबार

बैकहरुलाई निक्षेपको लागि अवसर, कर्जा सुरक्षण कोषले एक बर्षको लागि ६२ करोड डिपोजिट गर्ने 

kharibot

काठमाडौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरुमा ६२ करोड रुपैयाँ राख्ने भएको छ । 

कोषका अनुसार एक बर्षिय मुद्धतीको निक्षेपकोरुपमा बाँणिज्य बैकहरुमा उक्त परिमाणमा रकम राख्न लागिएको हो । 

रकम लगानी गर्न चाहाने बाँणिज्य बैकरुले यही बैशाख २५ गते सुचना जारी गरिएको मितिले १५ दिन भित्रमा आफ्नो बैंकले राख्न चाहेको निक्षेप रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी कोषमा आवेदन दिनु पर्ने छ । 

यसको लागि बैकहरु सञ्चालनमा आएको पाँच बर्ष पुरा गरेको हुनुपर्ने, सर्वसाधारणमा सेयर जारी गरेको र उक्त सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकृत भएको हुनुपर्ने, रकम लगानी गर्ने बैक तथा प्रमुख कार्यकारीलाई राष्ट्र बैंकले कारवाही गरेको भएपनि फुकुवा भएको तीन बर्ष पुरा गरेको हुनुपर्ने, रियस्टेट कर्जा राष्ट्र बैकले तोकेको सिमा भित्र हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको चार प्रतिसत भन्दा कम हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै