• २०८१ बैशाख १४ शुक्रबार

म छिट्टै चीन भ्रमणमा जान्छु – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराउदै आफुले छिट्टै चीनको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

दुवै छिमेकी देशसँग सम्बन्ध बराबरीको हैसियतमा हुने भन्दै प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबाट नेपाल र भारत दुवैको पक्षमा समझदारी बनेको बताए ।

मोदीको भ्रमणका क्रममा नेपाललाई अहित हुने कुनै समझदारी नगरेको भन्दै प्रधानमन्त्री ओलीले यदि कहि त्यस्तो भएको भए त्यसको जिम्मा आफुले लिने बताए ।

कृषि, सडक, रेल, जलमार्ग जलविद्युत जस्ता विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग व्यापक छलफल भएको भन्दै यी विषयमा मन्त्रालय स्तरका छलफललाई व्यापक रुपमा अगाडी बढाइने जानकारी दिए ।

नेपाली जनताको देश भक्ति र देश प्रतिको सजकतालाई प्रशंसा गर्दै धन्यवाद दिएका थिए । जनताको स्तरबाट कमीकमजोरी नहोस्, चुक्ने काम नहोस्, यी गल्तिलाई सच्याइयोस भन्दै लगातार सजकता र खबरदारी गर्ने काम भएको भन्दै यसलाई आफुले सकारात्मक रुपमा लिइएको बताए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै