काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका नेताहरु भेट गरेका छन् ।
मोदीले नेपाली काँग्रेसका नेताहरुलाई समुहिक भेट गरेका हुन् । भेटका अवसरमा दुई देशको सम्बन्ध सहयोग आदान प्रदानका विषयमा कुरा भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटमा नेपाली कांगेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाश शरण महत, कोषाध्यक्ष सित देवी यादव, काँग्रेस नेताहरु विजयकुमार गच्छदार, कृष्ण सिटौलाको उपस्थिति थियो ।