प्रदेश न. २ मा चुनाव : जलेश्वरको प्रमुख पदका लागि राजपा नेपालका नौ आकाँक्षी

खरीबोट

गौशाला । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट महोत्तरीे जलेश्वर नगरपालिकाको प्रमुख पदमा नौ जना आकाँक्षी देखिएका छन् ।

पार्टी चुनावमा जाने निर्णय गरेलगत्तै महोत्तरी जिल्लामा पार्टीले उम्मेदवारको टुंगो लगाउन खटाएको केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीका अनुसार जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा नौ जना सम्भाव्य उम्मेदवारका नाम आएका छन् । राजपा नेपालबाट नगरप्रमुख पदका सम्भाव्य उम्मेदवारमा सुशील शर्मा, सुरेश पाण्डे, सुरेशप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, दीपुकुमार साह, रामशंकर मिश्र, रोशन महासेठ, रामसिकिल चौधरी र जयरुद्र झा रहेको केन्द्रीय पर्यवेक्षक चौधरीले बताए ।

त्यस्तै उमप्रमुखमा पनि सहमतिको वातावरण बन्न नसकेपछि पाँच जनाको नाम आएको पर्यवेक्षक चौधरीले बताए । उपप्रमुखका लागि गुन्जनकुमारी राय, मुनचुन देवी महतो, अनिताकुमारी साह, प्रान्ती पाठक र कलिमा खातुनको नाम आएको उनले बताए । राजपा नेपालका विगत तीन दिनदेखि पटकपटक जलेश्वरमा बसेको बैठकले सर्वसम्मतिको वातावरण तयार गर्न नसक्दा जलेश्वरका प्रमुखमा नौ जना र उपप्रमुखमा पाँच जना सम्भाव्य उम्मेदवारको नाम अघि आएको छ ।

यसैबीच सो पार्टीको केन्द्रीय समितिले महोत्तरीमा सर्वसम्मतिको वातावरण बनाउन डा विजय सिंह, श्रीमती सुरिता साह, सुनिल रोहित, रानी तिवारी, जैनुल राईन र श्याम यादवसहितका छ सदस्य उच्चस्तरीय समिति पठाएको छ । सो उच्चस्तरीय समितिले जलेश्वरका प्रमुख र उपप्रमुखमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् ।

तर यस उच्चस्तरीय समितिले पनि सर्वसम्मती रुपमा उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिले नै यहाँको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाउने केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीले बताए । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीेमा राजपाका लागि जलेश्वर नगरपालिकामा नै उम्मेदवार चयन गर्न मुख्य समस्या भएको छ भने अन्य नगरपालिका र गाउँपालिकामा त्यति खासै समस्या नरहेको सो दलका नेताहरु बताउँछन् ।

सम्बन्धित समाचार

चुनावपश्चात् राजपा–फोरम पार्टी एकता : उपेन्द्र यादव

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् ।  यो

काँग्रेस, फोरम र राजपाबीच सहमति हुने– उपप्रधानमन्त्री गच्छदार

विराटनगर । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन् ।  विराटनगर

मोरङमा राजपाका उम्मेदवारविरुद्ध उजुरी

विराटनगर । मोरङ ६ नं क्षेत्रको प्रदेशसभा खबाट राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद नसरुलविरुद्ध शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।  सो पार्टीका आधिकारिक उम्मेदवार

फोरम र राजपा अध्यक्षहरुविरुद्ध नै बागी उम्मेद्वारी 

राजविराज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ । दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र