• २०८१ बैशाख २७ बिहीबार

उपराष्ट्रपति पुन र मोदीबीच भेटवार्ता 

kharibot

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

कान्तिपथस्थित उपराष्ट्रपति कार्यलयमा उपराष्ट्रपति पुन र मोदीबीच भेटवार्ता भएको हो । भेटमा दुइपक्षिय हितका विषयमा कुराकानी भएको थियो । 

मोदीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

नेपालको दुई दिने भ्रमणमा आजै जनकपुर हुदै काठमाडौँ आएका मोदीले आजै द्वारिका होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेटवार्ता गर्ने भएका छन् । 

यसअघि मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो भने काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै