• २०८१ बैशाख १५ शनिबार

वेस्टह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड, लिगमा दोस्रो हुने निश्चित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा म्यानचेस्टर र वेस्ट ह्याम बिना कुनै गोल बराबरीमा रोकिएका हुन् । बराबरीमा रोकिएसँगै युनाइटेड यस सिजनमा दोस्रो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गर्ने भएको छ ।

म्यानचेस्टरको ३७ खेलमा ७८ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको टोटनह्याम भन्दा ४ अंकले अगाडी रहेको छ ।

म्यानचेस्टर युनाइटेडले सन २०१२-१३ सिजनमा प्रिमियर लिग जितेपछि लिगमा उच्च स्थान हासिल गरेको यो पहिलो पटक हो ।

त्यस्तै वेस्टह्याम भने ३७ खेलमा ३९ अंकसहि लिगको १५औ स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले अब यस सिजनको अन्तिम खेल आइतबार वाटफोर्डसँग खेल्ने छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै