• २०८१ बैशाख १५ शनिबार

कैलालीका निजी विद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी 

kharibot

धनगढी । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीका दर्जनौं संस्थागत निजी विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ ।

विभिन्न माग राख्दै क्रान्तिकारिले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । संगठनका जिल्ला उपाध्यक्ष बबरजंग सिंहले धनगढीस्थित एक्सिस स्कुल, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरेको जानकारी दिए । त्यस्तै अतरियाका १०, गौरीगंगा नागरपालिकास्थित ५ विद्यालयमा तालाबन्दी गरिएको छ ।

अन्य स्थानीय तहमा रहेका विद्यालयहरूमा पनि तालाबन्दी गरिएको सिंहले बताए ।

वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्डविपरीतका विद्यालय बन्द हुनुपर्ने लगायतका मागहरू पूरा नभएसम्म ताला नखोलिने चेतावनी उपाध्यक्ष सिंहले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै