• २०८१ बैशाख १४ शुक्रबार

ग्लोबल आइएमई बैंक र नर्भिक अस्पतालबीच सम्झौता सम्पन्न

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंक र नर्भिक अन्तराष्टिय अस्पतालबीच  विहिबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र नर्भिक अन्तराष्टिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहबीच हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नर्भिक अन्तराष्टिय अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट प्रिभिलेज कस्टमर क्रेडिट कार्ड लिएका बैंकका ग्राहक  तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशत सम्म सम्म छुट पाउने छन् । सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने सेवा अन्र्तगत प्याथोलोजी सेवा, सिटिस्क्यान, एमआएआई, रेडियोलोजी, लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् भने बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

साथै अस्पतालले आफ्नो तर्फबाट ग्राहकहरुलार्ई विभिन्न सेवाहरुमा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नसक्ने छन् । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि- सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

भविष्यमा पनि ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अन्य अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याउन प्रयासरत छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै