• २०८१ बैशाख २६ बुधबार

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

kharibot

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । 

‘वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ,’ उनले भने । अपरेशनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ । 

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताए । पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै