• २०८१ बैशाख २३ आइतबार

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन : एन्फा अध्यक्ष शेर्पा 

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याचफिक्सिङ रोक्न तत्काल कानुन आवश्यक रहेको बताएका छन् ।

उनले म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानुन आवश्यक रहेको बताउँदै त्यो कानुन ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्ने बताएका हुन् । 

उनले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाए । उनले भने,‘हामी सबै खेलाडीहरुको गतिविधि नियाँल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौं ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, ‘फुटबलमा नीतिगत पारदर्शिता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं ।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शिता कायम गर्ने उनको भनाइ थियो । 

अहिले म्याचफिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै त्यो सफ्टवेयरमार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत अघि बढ्ने बताए । 

अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनिविश्वास दिलाए । उनले’ तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागिभोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । 

त्यस्तै ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमीनिर्माण गरिने पनि जनाए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै