• २०८१ बैशाख १५ शनिबार

म्यानचेस्टर युनाइटेडलाई हराउदै ब्राइटन रेलिगेशनबाट सुरक्षित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराती ब्राइटनसँगको खेलमा युनाइटेड १-० गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनले युनाइटेड विरुद्द महत्वपूर्ण जित निकाल्दै यस सिजनमा प्रिमियर लिगको रेलिगेशनबाट सुरक्षित भएको छ ।

ब्राइटनको जितमा पास्कल ग्रसले निर्णयक गोल गरेका थिए । खेलको ५७औं मिनेटमा पास्कल ग्रसले हेड मार्फत खेलको एक मात्र गोल गर्दै ब्राइटनलाई जित दिलाएका हुन् । 

युनाइटेडविरुद्ध ब्राइटनको यो १९औ खेलमा दोस्रो जित हो । ब्राइटनले सन १९८२ को नोभेम्बरमा १-० ले युनाइटेडलाई पराजित गरेपछिको यो अर्को जित हो ।

प्रिमियर लिगमा २ खेल बाँकी रहँदा ब्राइटनको ३६ खेलमा ४० अंक रहेको छ भने म्यानचेस्टर युनाइटेड भने ३६ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस खेलमा युनाइटेडका रोमालु लुकाकु र एलेक्सिस सान्चेज खेलेका थिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै