• २०८१ बैशाख २७ बिहीबार

प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको कानून नै नबनेका अवस्थामा विद्यालयको प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न उत्तरगंगा मावि बुर्तिबाङ बाग्लुङको विद्यालय व्यवस्थापन समितिका नाममा आज अन्तरिम आदेश जारी गरेको छ । 

विद्यालय व्यवस्थापन समितिले प्रअ छान्नुपर्ने व्यवस्था रहेको र स्थानीय तहको कानूनी अधिकार नै नभएकामा प्रअ छानेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका तर्फबाट चूडाबहादुर कुँवरले यही वैैशाख १६ गते रिट निवदेन दायर गरेका थिए । सोही निवेदनको सुनुवाइपछि कानून नै नभएको अवस्थामा स्थानीय तहका विद्यालयमा प्रअ नियुक्तिको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । शिक्षा ऐनमा विद्यालयको प्रअ नियुक्त गर्न विद्यालय व्यवस्थापन समितिलाई अधिकार दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै