• २०८१ बैशाख १४ शुक्रबार

चित्रकला बेचेर अनाथलाई कम्प्युटर पढाउने ज्वालाको अठोट 

kharibot

“हुने विरुवाको चिप्लो पात भनेझै” सानै देखि प्रतिभाशाली किशोरी कलाकार हुन ज्वाला ढकाल । झापा धरमपुर घर भई हाल काठमाडौ बसेर सेन्ट मेरिज हाई स्कुलबाट एसईई दिएर बसेकी ढकालको जन्म २०५८ सालमा सुरुङ्गामा भएको थियो । सानै देखि आर्टमा रुचि राख्ने उनले १ कक्षामा पढ्दा नेपाल कर्मसियल आटिस्टले दिएको १५ दिनको आर्ट सम्बन्धि तालिम लिगेकी थिइन । त्यहाँबाट उनले कसरी कुची समाउने कसरी पेन्टिङ गर्ने भन्ने कुरा सिकिन । 

एसईई सकेर सकेर बस्दै गरेका बच्चाहरुले केके गर्लान ? तपाईको बच्चा के गर्दै छ ? सायद उसले म के पढु, भविष्यमा के बनुँ, म कुन क्षेत्रमा फिट हुन्छु भनेर पनि सोच्न सक्दैन, बाबाआमाले डोर्याएको बाटो हिड्ने गर्दछ । कमै भेटिन्छन जो म यो यो गर्छु यस्तो बन्छु भएन भने यस्तो बन्छु भनेर यस्तो गर्छु सानै देखि अप्सन बाकेर हिड्ने, यस्तै एक पात्र हुन ज्वाला । भविश्यमा आफ्नो लक्ष्य डाक्टर बन्ने रहेको बताउने उनी चित्रकला डाक्टर बने पनि साथ साथै अगाडि बढाइरहने बताउछिन । 

त्यसो त ज्वाला बहुप्रतिभाशाली किशोरी हुन । उनले ४ कक्षामा पढ्दैमा किताब लेखेकी  छन भने ट्रान्सलेट पनि गरेकी गरेकी छन् । प्रकृतिलाई बचाउ यसलाई संरक्षण गर्नु पर्छ भन्ने खालको सन्देश ‘नेचर’ किताबमा पाइन्छ, भने केही पुस्कहरु प्रकाशनको तयारीमा छन् । विभिन्न राष्ट्रिय दैनिक तथा अन्य पत्रिकाहरुमा पनि उनको आफ्ना लेखहरु लेखेकी छिन् ।

स्कुलका विभिन्न गतिविधिमा सहभागि भइरहने ज्वालाले दर्जनौं पुरस्कार हात पारेकी छिन् । आर्थिक अवस्था कमजार भए पनि इच्छा शक्तिले गर्दा प्रदर्शनीको तयारीमा लागेको उनी बताउछिन । आमाले धेरैसाथ दिएको बाबालाई पनि गाह्रो भए पनि अरुलाई मदत गर्दा मिल्ने खुसीले तानेको उनी भन्छिन । आफ्नो बिदाको समय पनि महत्वपुर्ण हुन्छ त्यो समय त्यतिकै खेर नफाल्न भन्छिन उनी उनका साथीहरुलाई । अरुलाई खुसी बाधेर आफुले पाउन सकिने भन्दै उनी भन्छिन “खुसी हुन सिकौं । ”

उनले यहि प्रदर्शनीको लागि २२ दिनका ७२ वटा पेन्टिङ तयार पारेकी छिन भने बाँकी पहिलेकै गरी ११० वटा पेन्टिङहरु उनको २२ गते देखि २८ गते सम्म नेपाल कला परिषद् बबरमहलमा हुने एकल चित्रकला प्रदर्शनीमा राखिने छ । 

उनले यहि प्रदर्शनीको लागि २२ दिनका ७२ वटा पेन्टिङ तयार पारेकी छिन भने बाँकी पहिलेकै गरी ११० वटा पेन्टिङहरु उनको २२ गते देखि २८ गते सम्म नेपाल कला परिषद् बबरमहलमा हुने एकल चित्रकला प्रदर्शनीमा राखिने छ । 

उनी भन्छिन “स्कुलमा प्रतियोगितामा जित्ने गर्थे, मुख्यतः जितेर नै प्रेरणा मिल्यो ।”  प्रर्दनीको सोच चै कसरी आयो भन्दा उनी भन्छिन “फुर्सदको समयमा प्रयास नेपाल नामको एउटा अनाथ आश्रममा गएर आर्ट सिकाउने, कथा सुनाउने र  पढाउने गर्थे । त्यहाँ उनीहरुले हप्तामा एक पटक मात्र टिभि हेर्न पाउथे, कम्युटर पनि भन्दै थप्छिन मेरो घरमा कम्युटर नहुदा स्कुलको प्रोजेक्ट वर्कहरु गर्न गाह्रो हुन्थ्यो, उनीहरुलाई पनि त्यस्तै दुख भएको महशुस गरे ।” 

अहिलेको इन्टरनेटको जमनामा इन्टरनेट नहुदाँ कति असजिलो हुन्छ । फेरी अनाथ बालबालिकाहरुलाई अझ उनकै उमेरका साथीहरु पनि छन् । उनलाई केही न केही त गरुँ जस्तो लाग्यो तर के गरुँ के गरुँ भइन । भन्छिन “मैले सोचे मेरो चित्रकलामा स्कील छ ।” अनि उनले सोचिन यही आर्टको माध्यमबाट केही राम्रो काम किन नगर्ने ? सँगै उनले योजना बनाइन प्रदर्शनी गर्छु त्यहाँ मेरो आर्टको कामहरु राख्दछु, त्यहाँबाट आएको पैशाले बच्चाहरुलाई एउटा कम्प्युटर ल्याव किन्दिन्छु । जसमा लगभग ५÷६ वटा ल्यापटप किन्ने पुग्ने पैसा आयो भने ठिक छ । नभए कम्युटरहरु किनेर भएपनि बच्चाहरुलाई सहयोग गर्ने सोच उनको कलिलो मश्तिष्कले निकाल्छ ।  

उनी भन्छिन “प्रदशनीको उद्देश्य नै बच्चाहरुको लागि हो, यो मेरो व्यक्तिगत फाइदाको लागि होइन ।” प्रदर्शनीमा राखिने आर्टहरु सामाजिक र प्रकृति विषयमा आधारित छन् । आमाबुवाको झगडाले बच्चालाई पार्ने असर अर्को वैदेशिक रोजगारले पार्ने असर, आस्ट्याक आर्टहरु देख्न पाइनेछ । आशाको त्यान्द्रा देखाउने खालको चित्रहरु देखाने उनी समाजमा देखेको र भोगेको घटनाक्रमलाई चित्रमा उर्ताने गर्दछिन् ।  

समाजको लागि सानै देखि केही गरु भन्ने लाग्ने, स्कुल र आमाले सानै देखि दिएको शिक्षा, वातारण पनि हुन सक्छ, केहअी भोगाइले पनि साथ दिएर सानै देखि चित्रकलामा रुचि भएकाले उनले आफुलाई समाजमा उतार्ने र समाजसेवी भावलाई प्रष्फुटन गर्ने माध्यम बनाइन चित्रकला । 

समाजको लागि सानै देखि केही गरु भन्ने लाग्ने, स्कुल र आमाले सानै देखि दिएको शिक्षा, वातारण पनि हुन सक्छ, केहअी भोगाइले पनि साथ दिएर सानै देखि चित्रकलामा रुचि भएकाले उनले आफुलाई समाजमा उतार्ने र समाजसेवी भावलाई प्रष्फुटन गर्ने माध्यम बनाइन चित्रकला । 

मान्छेले आफ्नो भाव शब्द बिाना जेसुकै बनाएर होस अरुलाई बुझाउन सम्झाउन सक्ने कला नै चित्रकला हो भन्ने ज्वाला चित्रकलाले मान्छेमा परिवर्तन ल्याउन सक्ने अनि म सँग भएको आर्टेकला को किन सदुपयोग नगर्ने भन्ने मन लाग्यो ।

उनले सामाजिक र प्राकृतिक विषयबस्तुमा आधारित भएर पेन्टिङगर्ने गरेकी छिन् । प्रयास नेपालमा ३२ जना अनाथ बच्चाहरु रहेका छन् ।  अनाथ आश्रम हो । सामाकिमा शिक्षा सम्बन्धि, लैंगिक समानता, युवा पलाएन, कक्षामा बालबालिकाले भोग्नु परेको समस्या, विद्याथीको समस्या, शान्ति सम्बन्धि, जस्तैः शिक्षकले शान्तिको बारेमा पढाउदै गरेको हुन्छ तल चाहिँ तालिवानी आएर बम फिट गरेको हुन्छ । धार्मिक सहिष्णुणता देखिनेखालको पेन्टिङ पनि बनाउछिन । 

यति सानै उमेरमा कसरी यस्ता प्राकृतिक सामाजिक गहन विषयको बारेमा चित्रमा उर्तान जान्नुभयो भन्दा उनी भन्छिन मुख्य कुरा चित्र बनाउन आउछ अनि म मैले देखेको समाजबाट सिक्छु । कल्पना शक्तिले सहयोग गर्दछ ।  कल्पना गरेर नै बनाउने त हो ।  जस्तै कसैले नराम्रो घटना सुनायो भने म त्यहि अनुसार दिमाग मा कल्पना गर्दछु। र त्यही अनुसार चित्र कोर्न सक्छु । उनी थप्छिन “चित्र भित्र नै कथा लुकेको हुन्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै