• २०८१ बैशाख १४ शुक्रबार

नेप्से सुचक तथा कारोवार रकम दुबैमा बृद्धि

kharibot

काठमाडौं । आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबैमा बृद्धि भएको छ । नेप्से पाँच दसमलव ७७ अंकले बढेर १३ सय ६६ दसमलव १५ बिन्दुमा चढ्दा सेन्सिटिभ एक दसमलव ११ अंकले बढेर दुई सय ८८ दसमलव २९ बिन्दुमा चढेको छ । 

एक सय ६९ कम्पनीहरुको सात हजार सात सय १५ वटा कारोवारमा १४ लाख ६५ हजार पाँच सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७६ करोड ८३ लाख ७२ हजार दुई सय ९३ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहको सुचकमा क्रमश आठ दसमलव ६७ र दुई दसमलव ९६ अंकले गिरावट आएको छ  भने बाँकी समुहको सुचक बढेको छ  । 

सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुच ७५ दसमलव ६२ अंकले बढेर सात हजरा ९८ दसमलव ५३ बिन्दुमा चढेदा १९ करोड १० लाख ७६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ५५ अंकले बढेर ११ सय ७१ दसमलव ३१ बिन्दुमा चढ्दा २० करोड १२ लाख ८६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी बिकास बैक समुहको सुचक पनि तीन दसमलव ४९ अंकले बढेर १५ सय ९४ दसमलव ५६ बिन्दुुमा चढ्दा तीन करोड ५५ लाख ३८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत समुहको सुचकपनि आज १७ दसमलव एक अंकले बढेर १७ सय चार दसमलव १७ बिन्दुमा चढ्दा पाँच करोड ९५ लाख ४३ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५२ पैसाले बढेर १५ सय ३० रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको मितेरी डेभलपमेन्ट बैंकको सेयर मुल्य पाँच रुपैयाँ ११ पैसाले घटेर तीन सय ३४ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ५६ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ७३ लाख ४९ हजार छ सय ८८ रुपैयाँको सेयर कारोवार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ भने आज प्रतिकित्ता १२ हजार पाँच सय रुपैयाँ अन्तिम मुल्यमा चार करोड ३० लाख ९५ हजार चार सय रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै