• २०८१ बैशाख १४ शुक्रबार

ऐश्वर्या र रानीको पुरानो दुश्मनी, यी अभिनेता छन् दोषी !

kharibot

मुम्बई । बलिवुडमा अभिनेत्रीहरुको दुश्मनी नयाँ कुरा होइन । हिरोइन कहिलेपनि साथि हुदैनन् भन्ने चलन नै छ । 

तर पनि कुनै समयका अति मिल्ने साथी दुई चर्चित हिरोइनको दुश्मनी अहिले बलिवुडमा चर्चाको विषय बनेको छ । 

ती दुई अभिनेत्री हुन् रानी मुखर्जी र ऐश्वर्या राय बच्चन । यी दुई अभिनेत्रीको दुश्मनीको कारण भने एउटै रहेको छ, त्यो कारण हो अभिषेक बच्चन ।

सन २००४ मा अभिषेक बच्चन र रानी मुखर्जीको एउटा फिल्म आयो युवा । फिल सुपर हिट भयो । र यो जोडीलाई दर्शकले पनि अति मन पराए । फिल्म हिट भएसँगै रानी र अभिषेक पनि नजिकिन थाले । दुवै बीच अफयेर्सको चर्चा बलिवुडमा चर्चित हुन् थाल्यो । बच्चन परिवारमा पनि रानी र अभिषेकले विवाह गर्छन् भन्ने नै भयो । 

यसैबीचमा रानी र अभिषेकको अर्को हिट फिल्म आयो बन्टि और बबली । यस फिल्म अमिताभ बच्चनका अलावा ऐश्वर्या रायले चर्चित आइटम ‘कजरारे’ मा नृत्य गरिन् । रानी र अभिषेकको अफयेर्सका बीच रानी र अमिताभ बच्चनको फिल्म आयो ब्ल्याक । ब्ल्याकमा रानी र अमिताभको ‘किस’ सिनले अभिषेकको मनमा रानी प्रति चिसो पसेको बलिवुडमा चर्चा गरिन्छ । यस सिनबाट आम जया बच्चन पनि खुशी नभएको चर्चा गरिन्छ । अभिषेक विस्तारै रानीसँग टाढा हुन् थाले । 

यसैबीचमा अभिषेकको जीवनमा ऐश्वर्या राय आइन् र २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् । भनिन्छ अभिषेक र ऐश्वर्याको विवाहमा रानी मुखर्जीलाई कार्ड पठाइएको थिएन । त्यसपछि रानी र ऐश्वर्याको दुश्मनी अहिलेसम्म पनि जारी छ । उनीहरुलाई न त सँगै फिल्ममा देखिन्छ न त सार्वजनिक कार्यक्रममा नै ।

रानीले २०१४ मा यशराज फिल्म्सका मालिक आदित्य चोपडासँग विवाह गरिन् । अहिले रानी र ऐश्वर्या दुवैका एक-एक छोरी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै