• २०८१ बैशाख १५ शनिबार

१४ किलो सुन तस्करीका मुख्य नायिके चिनियाँ नागरिकमाथि अनुसन्धान जारी 

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीका मुख्य फरार चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

सीआईबीले मंगलबार जेझोंग नामका चिनियाँ तस्करलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । 

उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेझाेंगले धेरैपटक नेपाल आवतजावत गर्ने गरेको र राजकुमार पौडेल नामका व्यक्तिको सम्पर्कमा सुन तस्करी गर्ने गरेका थिए । उनी चीनको सिचुवानका नागरिक हुन् । 

गत वर्ष भदौ १४ गते काठमाडौं टोखा ११ मा सामाखुसीमा बस्दै आएका सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको कोठाबाट १४ किलो अवैध सुन फेला परेको थियो भने सोहीमध्येको थप एक किलो सुनसहित जनकपुरबाट चार जनालाई पक्राउ गरिएको थियो ।

यो मुद्दामा यसअघि नै सात जना पक्राउ परिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय