• २०८१ बैशाख १५ शनिबार

मेरो भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हास्छ – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आफ्नो भारत भ्रमण नबुझ्नेले मात्र  लम्पसारवाद भनेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा तथा नयाँ शक्ति पार्टी नेपालकी कार्यकारिणी सदस्य एवं पूर्वराज्यमन्त्री लिला भण्डारीसहित नयाँ शक्तिका नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

सो कार्यक्रममा पूर्वराज्यमन्त्री भण्डारीसहित डा. माया शर्मा, जनकसिंह साउद, शिवरत्न उप्रेतिलगायतका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई प्रधानमन्त्री ओलीले टीका र खादा ओडाएर पार्टीमा प्रवेश गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले हालै भएको आफ्नो भारत भ्रमण र रारा भ्रमणको आलोचना भएको प्रति उल्टो व्यंग्य गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने –‘यसभन्दा अगाडि गएका कोही प्रधानमन्त्री भारतमा गएर लम्पसार परे भन्दैमा मेरो भारत भ्रमणलाई पनि लम्पसारवाद भन्ने ? ’ ओलीले भने,  ‘मेरो भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हास्छ ।’

आफ्नो रारा भ्रमणलाई महेन्द्रीय राष्ट्रवाद भनिएकोमा प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले रारा ताल राजा महेन्द्र जन्मनुभन्दा अगाडि नै थियो । मैले राराबाट समृद्धिको शंखघोष गरेँ भन्दैमा महेन्द्रीय समृद्धि भन्ने ?  ओलीले प्रश्न गरे, ‘बुद्धिजीवीको जिन्दगी देखेर नि माया लाग्छ । कमसेकम पारिश्रमिक त पाउँछन् । राराबाट समृद्धिको यात्रा थालनी गरे भन्दैमा महेन्द्रीय राष्ट्रवाद भनेको छ ।‘

प्रधानमन्त्रीले पार्टी एकता बारे सानातिना कुरालाई मिलाएर पार्टी एकता गर्नुपर्नेमा उनले जोड दिएका थिए ।  उनले भने –‘हामी आफै–आफैमा मिल्नुपर्छ विदेशीलाई खेल्न दिनुहुँदैन,’ ओलीले भने, “हामी हामीलाई युद्ध गराएर उनीहरुले मध्यस्तकर्ताको भूमिकाबाट मिलाउने नाममा फाइदा लिन्छन् । साना–तिना कुरा हाम्रा लागि केही होइन ।‘

प्रधानमन्त्री ओलीले आफूहरुबीचको एकता भाँड्न नेपाली कांग्रेसले अनैतिक अस्त्र प्रयोग गरेको बताए । ‘पाँच वर्ष प्रधानमन्त्री लेखेर दिन्छु भन्ने आँट कसरी आयो होला ? ओलीले कांग्रेसलाई प्रश्न गरे, ‘कांग्रेसको त्यो प्रस्ताव अनैतिक छ । जनविरोधी कपट छ । षडयन्त्रको जालझेल छ ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय