• २०८१ बैशाख १६ आइतबार

नेप्सेमा तिव्र उतारचढाव : सबै सुचक रातै, एक अर्ब ५१ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा तिव्र उतारचढाव आएको छ । अघिल्लो दिन सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेको भएपनि आज भने नेप्से सुचक उच्च अंकले घटेको छ भने कारोवार रकम बढेको छ । 

आज सुरुवाती समयमा नेप्से उच्च अंकले बढेको थियो । तर अन्तिम समयमा नेप्से २७ दसमलव ६४ अंकले घटेर १४ सय १० दसमलव ८५ बिन्दुमा झर्दा सेन्सिटिभ पनि छ दसमलव सात अंकले घटेर दुई सय ९८ दसमलव चार बिन्दुमा झरेको छ ।  

आज कुल एक सय ७० कम्पनीहरुको १४ हजार चार सय ३९ वटा कारोवारमा ३१ लाख १४ हजार छ सय १८ कित्ता कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त  परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम रकम एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार आठ सय १५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा सबै सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक ८८ दसमलव ४४ अंकले घटेर सात हजार दुई सय ७७ दसमलव ८८ बिन्दुमा झर्दा ४१ करोड ६७ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बाँणिज्य बैक समुहको सुचक पनि २५ दसमलव १६ अंकले घटेर १२ सय १९ दसमलव ८२ बिन्दुमा झर्दा ४९ करोड ६८ लाख २९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

आज बिकास बैंक समुहको सुचक पनि ३१ दसमलव ५४ अंकले घटेर १६ सय ५७ दसमलव ८३ बिन्दुमा झर्दा सात करोड सात लाख आठ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी जलबिद्युत समुहको सुचक ५४ दसमलव ७३ अंकले घटेर १७ सय ४४ दसमलव ३४ बिन्दुमा झर्दा १२ करोड ३२ लाख ७९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको कारोवार सुचक पनि आज उच्च बिन्दुले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको स्वदेशी लघुुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ९५ पैसाले बढेर १२ सय ८२ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको राधी जलबिद्युत कम्पनीको सेयर मुल्य छ रुपैयाँ ६९ पैसाले घटेर दुई सय नौ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल बैकको प्रतिकित्ता तीन सय ६३ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ५९ लाख ३१ हजार पाँच सय ७५ रुपैयाँको  सेयर कारोवार भएको छ ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ पनि आज १३ हजार एक सय  रुपैयाँ अन्तिम मुल्यमा चार करोड ७२ लाख ५३ हजार आठ सय ५८ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै