• २०८१ बैशाख १४ शुक्रबार

देउवाले पार्टी ध्वस्त पार्नुभयो, उहाँलाई दिएको समर्थन फिर्ता लिएँ : केन्द्रीय सदस्य गुरुङ

kharibot

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुङले १३औँ महाधिवेशनका क्रममा वर्तमान सभापति शेरबहादुर देउवालाई आफूले दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राख्दै गुरुङले सभापति देउवाले पार्टीलाई एकलौटी बनाई ध्वस्त पारेको बताउँदै आफ्नो समर्थन फिर्ता लिएको बताएका हुन् । 

गुरुङले गत वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा नेतृत्वको कारण कांग्रेसले हार्नुपरेको समेत बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा भएको पराजयलाई नेतृत्वले समयमै गम्भीरतासाथ नलिँदा तिनै गल्ती र कमजोरी निरन्तरता दिएकैले प्रतिनिधि र प्रदेशसभामा समेत नराम्रो पराजय भोग्नुपरेको हो ।’ उनले पराजयकै कारण पार्टीको राष्ट्रिय र अन्तर्राष्ट्रिय साख गुमेको दाबी गरे ।

उनले देउवाले पार्टी नीति छाडेर सत्तालाई प्राथमिकता दिएकाले पराजय भोग्नुपरेको धारणा राखे । उनले पार्टी कहिले उग्र वामपन्थीसँग मिल्ने र कहिले उग्र दक्षिणपन्थीसँग मिलेकैले त्यसको सजाय भोग्नुपरेको उनको धारणा थियो । उनले पराजयको कारण पत्ता लगाउनुपर्ने बताए । 

त्यस्तै, ११ जनाको संसदीय समिति बनाउनुपर्नेमा देउवाले २५ जनाको बनाउँदा पनि सबै मौन रहेको भन्दै नेताहरुको आलोचना गरे । त्यस्तै गुरुङले संसदीय समितिमा समेत छलफलविनै भागबण्डाको आधारमा टिकट वितरण गरिएको उनले बताए । उनले निर्वाचनमा व्यहोरेको पराजयको जिम्मेवार केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड रहेको बताए । 

प्रचण्डपुत्रीलाई जिताउन हँसिया हतौडामा भोट मागेको आरोप 
यस्तै गुरुङले जारी गरेको लिखित धारणामा पार्टी सभापति देउवाले सत्ता लालसामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्रीलाई जिताउन हँसिया हतौडामा भोट मागेको भन्दै चर्को आलोचना गरेका छन् । उनले सभापतिको हैसियतमा प्रधानमन्त्री बने पनि प्रजातान्त्रिक मूल्यमान्यता बिर्सेको भन्दै देउवाप्रति खनिएका छन् ।

स्वतन्त्र न्यायपालिकाको भावनामा चोट पुर्याउने काम गरेको आरोप लगाएका गुरुङले विभिन्न कार्यक्रमहरुमा विवादस्पद  अभिव्यक्ति दिएको भन्दै आलोचना गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै