• २०८१ बैशाख १७ सोमबार

अस्तव्यस्त र धूलाम्य कलंकी-नागढुंगा सडक (फोटोफिचर) 

kharibot

काठमाडौं । राजधानीलाई मोफसलसँग जोड्ने सडकको मुटु मानिने नागढुंगा कलंकी सडकखण्ड अस्तव्यस्त र धूलाम्य बनेको छ । नागढुंगासम्म आरामले श्वास लिँदै काठमाडौं भित्रिने यात्रुहरु नागढुंगाबाट कलंकी लागेपछि धमाधम आफू बसेको सिटनजिकैको सिसा लगाउन थाल्छन् ।

त्यतिमात्रै कहाँ हो र स्वयं चालक र सहचालक नै झ्यालढोका लगाउन आग्रह गर्छन् र आफू पनि मास्क लगाउँछन् । समयमै विस्तारको काम सकिएर पिच हुनुपर्ने उक्त खण्डको काम पूरा नहुँदा साह्रै लाजमर्दो अवस्था सिर्जना भएको छ ।

सरकारले उपत्यकाको सडक विस्तार गर्ने भन्दै त्रिपुरेश्वर कलंकी नागढुंगा खण्डमा दायाँ बायाँ रहेका भौतिक संरचना भत्काए पनि पीडितहरुले सर्वोच्चसम्म पुगेर मुद्दा हाल्नथालेपछि यो सडकखण्डको काम पूरा हुनसकेको छैन । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलाम्य यो छोटो सडकको यात्रा निकै सकसपूर्ण बनेको स्थानीयबासी, यात्रु र स्वयं चालकहरुकै गुनासो छ । 

तस्बिर : खरीबोट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै