• २०८१ बैशाख १६ आइतबार

आइपिएलमा दिल्लीको चौथो हार, बैंगलोरसँग ६ विकेटले पराजित 

kharibot

काठमाडौं । आइपिएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा बैंगलोरले दिल्लीलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ भने दिल्लीले ५ खेलमा ४ खेलमा हार बेहोरेको छ ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभरमा ४ विकेट गुमाउदै १७६ रन बनाएर खेल ६ विकेटले जितेको थियो । बैंगलोरका लागि एबी डिविलीयर्सले सर्वाधिक ९० रन बनाए भने विराट कोहलीले ३०, डी ककले १८, मन्दीप सिंहले १७ रन बनाएका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको थियो । दिल्लीका लागि रिषव पन्तले सर्वाधिक ८५ रन बनाएका थिए भने श्रेयास अयेरले ५२ रन बनाएका थिए ।

बैंगलोरका बलर युज्वेन्द्र चहलले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच एबी डिविलीयर्स बनेका थिए । 

यो जितपछि बैंगलोरले ५ खेलमा २ खेलमा जित र ३ मा हारसहित ४ अंक हासिल गर्दै पाचौ स्थानमा छ भने दिल्लीले ५ खेलमा ४ मा हार र एक खेलमा जितसहित केबल २ अंक पाएर पुछारमा रहेको छ । 

आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सका बीच हुने छ भने दोस्रो खेल राजस्थान रोयल्स र मुम्बई इण्डियन्सका बीच हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै