• २०८१ बैशाख १५ शनिबार

लिभरपुललाई बराबरीमा रोक्दै वेस्टबोर्मले अंक खोस्यो 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिगअन्तर्गत लिगको पुछारमा रहेको वेस्टबोर्मले लिभरपुलसँग बराबरी खेल्दै एक अंक लिन सफल भएको छ । 

२-० ले अगाडी रहेको लिभरपुलविरुद्ध उत्कृष्ट कमब्याक गर्दै वेस्टबोर्मले खेलको अन्तिम मिनेटमा २ गोल गर्दै खेल बराबरी गरेको छ । 

वेस्टबोर्मका लागि लिभमोरले खेलको ८८औ मिनेटमा र सलोमन रनडनले ८९औ मिनेटमा गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए ।

यसअघि लिभरपुलले खेलको चौथो मिनेटमा डानी इन्ग्सको गोलमा सुरुवाती अग्रता लिएको थियो भने खेलको ७२औ मिनेटमा मोहमद सलाहले गोल गर्दै २-० को अग्रता दिलाएका थिए । सलाहले यस सिजनमा

प्रिमियर लिगमा ३१ गोल गर्दै यस अघि क्रिस्टियानो रोनाल्डो, लुइस स्वरेज र एलेन शिरेनको बराबरी गरेका छन् ।

यो बराबरीपछि लिभरपुल ३५ खेलमा ७१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ भने लिगको पुछारमा रहेको वेस्टबोर्म ३५ खेलमा २५ अंक रहेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय