• २०८१ बैशाख २६ बुधबार

ड्रग्स तस्करीले फिल्मी क्यारियर बर्बाद गरेकी बलिवुडकी ममता 

kharibot

मुम्बई । नब्बेको दशकमा बलिवुडमा ममता कुलकर्नी निकै चर्चित नाम थियो ।

आफ्नो बोल्ड र ग्ल्यामर्स अन्दाजले निर्माता निर्देशक देखि दर्शकको मन जित्न सफल नायिका बनेकी थिइन् ममता ।१९९२ मा फिल्म तिरंगाबाट बलिवुडमा कदम राखेकी ममताले १९९३ मा आशिक आवारा जस्तो हिट फिल्ममा काम गरेकी थिइन् । करन अर्जुन, क्रान्तिवीर, वक्त हमारा है, बाजी जस्ता सफल फिल्ममा अभिनय गरेकी ममताले सलमान खान देखि आमिर खानसम्मका अभिनेतासँग काम गरिसकेकी छन् ।

फिल्ममा उचाई पाउदा पाउदै ममता अचानक गायब भइन् । अचानक विदेश पलायन भएकी ममताको नाम अन्डरवर्ल्डसँग पनि जोडिएको थियो । ममतालाई आफ्ना पति विक्की गोस्वामीसँग मिलेर करिब २ हजार करोड मुल्य बराबरको ड्रग्स तस्करीको आरोप लागेको थियो । २०१६ मा ममतालाई अदालतले भगौडा घोषित गर्यो । भारतीय मिडियाहरुका अनुसार ममताको एक बैंकको लकरमा ६७ लाख विदेशी मुद्रा र कुल ७ बैंक एकाउन्टमा २६ लाख पाइएको थियो ।

ममता उनका पति विक्की गोस्वामीको माध्यमबाट ड्रग्सको कारोबारमा संलग्न भएकी थिइन् । पहिलो पटक दुबईमा भेट भएका उनीहरु बीच प्रेम बस्यो र दुवैले मिलेर ड्रग्सको कारोबार गर्न थाले । विक्की पेशाले एक अन्तर्राष्ट्रिय ड्रग्स सिन्डिकेट चलाउथे र उनलाई ममताले साथ दिईन ।

सन २०१४ मा केन्या प्रहरीले अमेरिकी ड्रग्स अनुसन्धान एजेन्सीसँग मिलेर विक्कीलाई गिरफ्तार गरेको थियो । विक्की दुबईको जेलमा हुदा ममतासँग विवाह गरेको बताइन्छ । विक्की जेलमा गएपछि उसको विजनेस ममताले सम्हाल्न थालिन । दुबईमा मुस्लिम बनेर सजाय कम गर्ने नियमको फाइदा उठाउदै विक्कीले मुस्लिम बनेर सजाय कम गरे ५ सालको जेलपछि बाहिर आए । जेलबाट बाहिर आएपछि ममता र विक्की केन्यामा बस्न थाले । केन्याबाट ड्रग्सको कारोबार गरिरहेका उनीहरुको २०१६ मा मुम्बईमा करिब २००० करोड बराबरको ड्रग्स प्रहरीले समात्यो ।

२०१६ पछि ममताले मिडियामा बयान दिदै आफुले विक्कीलाई नचिन्ने बताउदै आफ्नो ड्रग्स कारोबारसँग कुनै लेना देन नभएको बताएकी थिइन् । उनले आफु पछिल्लो १२ बर्षदेखी तपस्या गरिरहेको भन्दै आफुले विवाह नगरेको बताइन ।

मिडिया रिपोर्टका अनुसार ममता अहिलेपनि केन्यामा नाम बदलेर विक्कीसँगै बसेकी छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै