• २०८१ बैशाख १५ शनिबार

राजाले आफ्नो देशको नामै बदले, धेरै श्रीमती राख्ने राजाको रुपमा प्रख्यात 

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकी देश स्वाजील्याण्डका राजाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।

राजा मस्वाती तृतीयले आफ्नो देशको स्वतन्त्रताको ५०औ बर्ष पुरा भएको अवसरमा आफ्नो देशको नाम बदलेर द किंगडम अफ इस्वातिनी राखेका छन् । इस्वातिनीको अर्थ स्वाजीहरुको भुमि भन्ने हुन्छ । 

देशको नाम फेर्ने निर्णय अप्रत्याशित रुपमा आएको बताइएको छ । तर पनि राजा मस्वातीले भने पटक पटक आफ्नो देश स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए । उनले २०१७ मा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा, २०१४ मा संसदलाई सम्बोधन गर्दा इस्वतिनीको नामले सम्बोधन गरेका थिए ।

राजाको यस्तो घोषणा पछि स्वाजील्याण्डमा केहि असन्तुष्टहरुले  राजाको ध्यान देशको अर्थव्यवस्था ठिक गर्न हुनुपर्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

यस देशका राजाहरु धेरै श्रीमती र परम्परागत ड्रेसका लागि प्रख्यात छन् । अहिलेका राजा मस्वाती तृतीयका १५ श्रीमती रहेका छन् । मस्वाती तृतीयका पिताले स्वाजील्याण्डमा ८२ बर्ष सशं गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।
 
 

पढ्नै पर्ने

लोकप्रिय