• २०८१ बैशाख १५ शनिबार

हराएको एक महिनापछि शव भेटियो

kharibot

नुवाकोट । किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । 

पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । 

शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् । 

मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय