चितवन । गृहमन्त्री रामबहादुर थापाले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् ।
शक्तिखोरस्थित चतुरमुखी माध्यामिक विद्यालयमा बुधबार आजोजित कार्यक्रममा उनले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन् । उनले स्थानीय शहनशीला चेपाङलाई कक्षा तीनमा र अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपांग दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका हुन् ।
सो क्रममा गृहमन्त्री थापाले बालबालिका भविश्यका कर्णदार भएकाले उच्च शिक्षा पढेर देशको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे । उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षप गरेरै भए पनि सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गरे ।