• २०८१ बैशाख १५ शनिबार

विद्यार्थी भर्ना अभियान : प्रधानमन्त्री ओली मण्डल र मल्लिकको अभिभावक बने 

kharibot

सिरहा । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । 

सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउँका दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेका थिए ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए । उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै