• २०८१ बैशाख १८ मंगलबार

मुक्तिनाथ विकास बैंकको नौ महिनाको नाफा ४२ करोड ७५ लाख 

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३५ करोड ५१ लाख २५ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुुई अर्ब ५९ करोड १७ लाख ६३ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ५४ करोड ६२ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ९९ करोड ३१ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ  । 

घरजग्गा क्षेत्रमा एक अर्ब ३४ करोड ९१ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ८८ करोड २८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम छ करोड ९९ लाख ६७ हजार रुपैयाँ रहेको बैंकका निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य एक प्रतिशत रहेको छ भने स्प्रेड दर छ दशमलव ४९ प्रतिशत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले १५  अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १७ करोड ४६ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै