आइसीसीको निलम्बन फुकाउन आवश्यक लचकताका साथ प्रस्तुत हुन्छौ – निलम्बित क्यान 

खरीबोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले आइसीसीको निलम्बन फुकुवा गर्नका लागि अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानको निर्वाचित कमिटीले निलम्बन फुकुवा भइ नेपाली क्रिकेटले निकास पाउने अवस्थामा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएको हो ।

वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं’ सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने पनि बताएको छ ।

‘नेपालको निलम्बन फकुवा भई क्रिकेट अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन रहने एवं सम्बन्धित पक्ष अत्यन्तै जिम्मेवारीका साथ प्रस्तुत हुनेछन् भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

क्यानले आफूहरु सँधै विधि र प्रक्रियाको पक्षमा रहेको बताउँदै आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेको बताएको छ ।

क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा यहि वैशाख ६ र ७ गते हुँदैछ । 
 

सम्बन्धित समाचार

क्यान्सर अस्पतालको सेवा विस्तारमा मन्त्री मगरको जोड

रत्ननगर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।  चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज आयोजित कार्यक्रममा उनले अस्पतालको क्षमता बढाएर शाखा विस्तार

इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।  आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको इक्यानका निवर्तमान

आइसीसीको शर्त अनुसार क्यानको विधान पारित, निलम्बन फुकुवा हुने तय 

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ । बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको हो ।  साधारणसभाका अधिकांश प्रतिनिधिले

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।  ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका हुन्