विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनको दबाब, प्रधानमन्त्रीलाई ७२ घन्टे अल्टिमेटम दिने तयारी 

खरीबोट
ad

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने भएका छन् । 

सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि फिर्ता गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै त्यसको विरोधमा उत्रिने निर्णय गरेका छन् ।

नेविसंघका अध्यक्ष नयनसिंह महरले खरिबोटसँग कुरा गर्दै ७२ घन्टे अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र सरकारले चर्को शुल्कका विरुद्ध कदम नचाले शिक्षा मन्त्रालयका सम्पूर्ण काम कारवाही अवरुद्ध गरिदिने बताए ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगाएत सहभागी थिए ।

पटक पटक भर्नाका बेला विद्यार्थीहरुले विरोध गर्ने र सरकारले सम्झौता मात्र गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दा अध्यक्ष महरले चर्को शुल्क वृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने बताए । महरले सरकारको भर्ना अभियानमा भने आफुहरुको पूर्ण समर्थन र सहयोग रहेको खरीबोटलाई जानकारी दिए ।  
 

सम्बन्धित समाचार

इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा । गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन्

बागलुङको विद्यालयमा पहिरोले क्षति

बागलुङ / गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् ।  चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको

निजी विद्यालयमा हडताल

काठमाडौँ / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।  सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी

चौधरी फाउण्डेसनद्वारा मेघौलीस्थित विद्यालयलाई शुद्ध खानेपानी प्रणाली हस्तान्तरण

काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ ।  अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’