यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

खरीबोट

त्रिपुराकोट, डोल्पा ।  हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । 

यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति पाँचसय, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति रु तीन हजार तोकिएकामा यी सबै प्रकारका संकलन दस्तुरमा यस वर्षदेखि सम्बन्धित मध्यवर्ती क्षेत्रभित्र पर्ने यार्सागुम्बा पाटनमा संकलन इजाजत दिनका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त पाँच सय रुपैयाँ सेवा शुल्कका रुपमा लिन पाउने निर्णय गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए  । 

सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त उठाएको पाँचसय रकम समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरीशिकारी नियन्त्रण, जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रममा खर्च गरिने निकुञ्जले जनाएको छ ।

बहुमूल्य जडीबुटीको पकेट क्षेत्रका रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट बर्षेनी हजारौँ मान्छे भित्रने गर्दछन् । उनीहरुलाई वितरण गरिएको संकलन इजाजतबाट मात्रै बर्षेनी करोडौँ राजश्व संकलन हुने गर्दछ ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका सिजन प्रत्येक वर्षको जेठको पहिलो सातादेखि शुरु भई असार पहिलो साता सम्मको एकमहिने अवधिका लागि मात्रै निकुञ्जले संकलन इजाजत दिने गर्दछ । 

सम्बन्धित समाचार

प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा

काठमाडौँ / हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

त्रिपुराकोट डोल्पा । जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् ।  शे–फोक्सुन्डो राष्ट्रिय

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ ।  सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा

तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ ।  नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।  गत