राजस्थान रोयल्ससँग हार्यो विराटको बैंगलोर, सिजनमा दोस्रो हार 

खरीबोट

काठमाडौँ । आइपिएल अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको छ । 

आइतबार भएको खेलमा २१८ रन पछ्याएको बैंगलोर २० ओभरमा ६ विकेट गुमाउदै १९८ रन मात्र बनाएपछि खेल १९ रनले हारेको हो ।

जितसँगै राजस्थानले आइपिएलको यस सिजनमा पहिलो दोस्रो जित हासिल गरेको छ भने बैंगलोरले ३ खेलमा दुई खेलमा हार बेहोरेको छ ।

बैगलोरको पारीमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाएका थिए भने मनदीप सिंहले ४७ रन बनाएका थिए । त्यस्तै वाशिंगटन सुन्दरले ३५ र डि ककले २६ रनको योगदान दिएका थिए । राजस्थानका बलर स्रेयास गोपालले २ विकेट लिएका थिए ।

यस अघि राजस्थानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै २१७ रन बनाएको थियो । राजस्थानको पारीमा संजु सामसनले सर्वाधिक ९२ रन बनाएका थिए ।

सामसनले ४५ बलको सामना गर्दै १० छक्का र २ चौकाको मद्धतले ९२ रन बनाएका थिए । उनि अन्त्यसम्म नटआउट रहे ।

त्यस्तै राजस्थानका लागि कप्तान अजिख्य रहानेले ३६ र बेन स्टकले २७ रनको पारी खेलेका थिए । बैंगलोरका बलर क्रिस वोक्स र युज्वेंद्र चहलले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच राजस्थानका संजु सामसन बनेका छन् । 
 

सम्बन्धित समाचार

दिल्लीले दियो सन्दीपको डेभ्युको संकेत, अधिकारिक वेभपेजमा यसरी गरियो तारिफ 

काठमाडौँ । यस सिजनको आइपिएलमा खराब सुरुवात गरेको दिल्ली डेयरडेभिल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई खेलाउने संकेत दिएको छ ।  दिल्लीको आधिकारिक वेभपेजमा सन्दीपको बारेमा लेख्दै कोटला मैदानमा सन्दीपको डेभ्यु हुनसक्ने

क्रिस गेलले हाने आइपिएलमा यस सिजनको पहिलो शतक, गेलको नाममा छन् यस्ता रेकर्ड 

काठमाडौँ । आइपिएलमा किंग्स इलेभेन पंजावबाट खेल्ने वेस्टइण्डिजका ब्याट्सम्यान क्रिस गेलले यस सिजनको पहिलो शतक हानेका छन् ।  गएराती सनराइजर्स हैदरावादविरुद्धको खेलमा गेलले यस आइपिएलको पहिलो शतक हानेका हुन् । गेलले

क्रिस गेलको सतकीय पारीले हैदरावादमाथि पंजावको जित 

काठमाडौँ । आइपिएल अन्तर्गत किंग्स इलेभेन पंजावले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती भएको खेलमा पंजावले हैदरावादलाई १५ रनले पराजित गरेको हो । पंजावले दिएको १९४ रन पछ्याएको हैदरावादले २०

आइपिएल : कोलकोताको जितमा नितिश रानाको अलराउन्ड प्रदर्शन

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता राइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।  गएराती भएको खेलमा कोलकोताले राजस्थानमाथि ७ विकेटको जित निकाल्दै आइपिएलको अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । राजस्थानले दिएको १६१